दाङ : थारूहरूको छाता सङ्गठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । हरेक वर्ष दुई दिने महोत्सव आयोजना हुँदै आएको भए पनि यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । घोराहीको जिल्ला समन्वय समितिको प्राङणमा हुन लागेको महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ ।
त्यस्तै, महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परिकारहरूको बिक्री तथा वितरण गरिनेछ । साथै थारू भाषाका विभिन्न पुस्तकहरू र हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए ।
सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ । मटवाँ, थारू अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार