Listen LIVE

कर्णाली पुलमा सल्केको आगो नियन्त्रणमा ।

कैलाली । लुम्बिनी प्रदेश सुदूरपश्चिम प्रदेशको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएको छ । ट्रकमा लागेको आगो पुलको लठ्ठामा समेत सल्किएको थियो ।


ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको थियो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।

प्रतिक्रिया