नेपालगञ्ज : टिप्परको ठक्करबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब पौने ११ बजे कोहलपुर नगरपालिका–१५ अकलघरुवा स्थित शिव मन्दिर चोकमा टिप्परले ठक्कर दिँदा घटना भएको हो ।
मदन चोकबाट हवल्दारपुरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ब ०३६१ नम्बरको मोटरसाइकल र हवल्दारपुरबाट मदन चोकतर्फ आउँदै गरेको भे १ ख ३२३२ नम्बरको टिप्पर एकआपसमा ठोक्किँदा ५७ वर्षीया देविसरा रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृतकका छोरा मोटरसाइकल चालक जाजरकोट जिल्ला छेडागाड नगरपालिका–५ निवासी ३० वर्षीय सुदिप आरसि घाइते भएका छन् । उनको नेपालगञ्जस्थित संजीवनी अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ४२ वर्षीय टेक बहादुर विष्टलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार