नेपालगञ्ज : नेपालगञ्जमा सांस्कृतिक पर्यटन मिनि महोत्सव शुरु भएको छ । भावना एक्युजमेन्ट प्रा.लि.को आयोजनामा नयाँ बर्ष २०८२ को पावन अवसरमा सांस्कृतिक पर्यटन मिनि महोत्सव संचालन भएको हो ।
स्थानिय कला, संस्कृतिको जगेर्ना तथा प्रचार पर्यटकिय क्षेत्रको प्रवर्द्धन र व्यापार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव दिउसो २ बजेदेखि रात्री १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
नेपालगञ्जको प्रचण्ड गर्मीलाई मध्यनजर गर्दै आयोजकले रात्रिकालिन मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ मेला सञ्चालन गरेको बताएको छ । आयोजकले चैत २५ गतेदेखि २८ गतेसम्म प्रवेश निःशुल्क गरेको जनाएको छ । मिनि महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती दैनिक रहने छ भने खुल्ला नृत्य प्रतियोगिता समेत हुने जनाएको छ ।
चैत ३१ गते रयापर डि को प्रस्तुती रहने छ जुन नयाँ बर्षको सुरुवाती गर्ने समेत आयोजकले जनाएको छ । यस्तै २०८२ बैशाख १ गते रयापर जि बबको आगमन हुने आयोजकले जनाएको छ ।
यस्तै नायक पल शाख, मोडल प्रिति पासवान, गायिका ज्यौति मगर, गायिका एलिना चौहान, गायिका सृजना खत्री, गायक चक्र बम, गायिका समिक्षा अधिकारी,गायक टंक तिमिल्सेना लगायत राष्ट्रिय तथा स्थानिय दर्जन बढि कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न किसिमका बालउद्यानका खेल, व्यापारिक स्टल, होटल लगायतका मनोरञ्जनात्मक स्टलहरु रहेका छन् । महोत्सवको उदघोषकमा अशोक रावल रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार