Listen LIVE

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् ।

प्रतिक्रिया