Listen LIVE

इरसाद हत्या प्रकरण : प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

नेपालगञ्ज : लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले नेपालगञ्ज घटनाका पीडित परिवारलाई भेटेकी छन् । शुक्रबार राती दुई समूहबीच भएको झगडा छुटाउन गएका नेपालगञ्ज–११ नाका टोलका ३८ वर्षीय इरसाद कबडियाको खुकुरी प्रहारबाट मृत्यु भएको थियो । उक्त परिवारलाई भेट्न पुगेी उनले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गृहप्रशासनको ध्यानाकर्षण गराइन् ।

अनाहकमा ज्यान गुमाउँदा परिवारमा ठूलो बज्रपात परेको भन्दै उनले पीडित परिवारलाई राहत दिन सरकारको ध्यानाकर्षण समेत गराइन् । इरसादका चार साना बालबालिका छन् । श्रीमती गर्भवती छन् । पतिको निधनपछि उनी मुर्छित छन् । उनको स्वास्थ्य अवस्था विग्रदैं गएको छ ।

काफ्लेको पहलमा उनको नेपालगञ्ज मेडिकल कलेजमा डा.कमर जाहासंग निःशुल्क उपचारका लागि व्यवस्था मिलाइएको छ । परिवारको मुख्य व्यक्तिकै मृत्यु भएपछि लालनपालनमा ठूलो समस्या निम्त्तिएको छ । सिंगो परिवार शोकमा छ । पीडितलाई न्याय र उचित क्षतिपूर्तिको ब्यवस्था गराउन सरोकारवाला निकायको प्रदेश सदस्य काफ्लेले आग्रह गरेकी छन् ।

नेपालगञ्जमा पछिल्लो समय शान्ति सुरक्षाको विषयलाई लिएर नागरिकहरु गृहप्रशासनसँग रुष्ट हुन थालेका छन् ।

प्रतिक्रिया