राजापुरबाट गुलरियातर्फ आइरहेको हाइस गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। भे१ख २५७१ नम्बरको हाइस गाडी राजापुर नगरपालिका-१० रामजाने चोक नजिकै दुर्घटना भएको हो।

घाइतेमध्ये ६ जनालाई उपचारको लागि नेपालगन्जमा रिफर गरिएको छ जस्तो ईलाका
प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सुराज सिहंले जानकारी दिए। चारजना
सामान्य घाइतेहरुको राजापुर नगर अस्पतालमा उपचार भइरहेको छ। गाडीको स्टेरिङ्ग फेल
भएर दुर्घटना भएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक चौधरीले जनाए।
2024-03-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार