Listen LIVE

भगवान् श्री कृष्ण जन्माष्टमीमा नेपालगञ्जमा विभिन्न कार्यक्रम

नेपालगञ्ज : प्रत्येक वर्ष झै यसवर्ष पनि नेपालगञ्जमा श्री कृष्ण जन्माष्टमी महोत्सव–२०८१ भब्यताका साथ मनाउने तयारी गरिएको छ ।

मोहनलाल वैश्य स्मृतिमा नेपालगञ्जको त्रिभुवन चौकमा प्रत्येक वर्ष हुँदै आएको श्री कृष्ण जन्माष्टी यसपटक पनि भब्यताका साथ मनाइने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए ।

अध्यक्ष वैश्यका अनुसार ओम शान्तिको सहकार्यमा भगवान श्रीकृष्णको मनोरम, सुन्दर झाँकीसहित कार्यक्रमको शुभारम्भ गरिनुका साथै प्रसाद वितरण गरिने तथा भाद्र ११ गते भगवान श्रीकृष्णको झाँकीसहित सुन्दर लिला लगायत धार्मिक कार्यक्रम सम्पन्न गरिने छ ।

यसैगरी भाद्र १२ गते भारतका प्रसिद्ध जबाबी कीर्तनका कलाकार सचदेवा सराती कानपुर तथा प्रसिद्ध कलाकार रोशनी अन्जानाको प्रस्तृति हुने जानकारी गराउँदै उनले यसमा सहभागिताका लागि सम्पूर्ण सनातनी भक्तजनहरुलाई आग्रह गरिएको बताए ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा रहेको साहु समाज जिल्ला कार्य समिति एवं साहू समाज युवा समिति बाँकेको आयोजनामा गतवर्ष झैं यसवर्ष पनि श्री कृष्ण जन्माष्टमीका अवसरमा भजन कीर्तन एवं विशाल भण्डारको आयोजना गरिएको छ ।

भगवान श्री कृष्णको जन्मोत्सव भब्यरुपमा मनाउँदै भदौं ११ गते सम्पन्न गरिने तयारी गरिएको छ भने छट्टी एवं विशाल भण्डार भाद्र १५ गते शनिबारका दिन सम्पन्न गरिने आयोजक साहू समाज जिल्ला कार्यसमितिले जनाएको छ ।

यसैगरी, तिरुपती बालाजी मन्दिर धाम समिति नेपालगञ्जको आयोजनामा आज साँझ ६ बजेदेखि ८ बजेसम्म सत्संग, भजन कृतन गरिने बताईएको छ ।

नेपालगञ्जमा रहेको किन्नुराम काशीराम पञ्चायती धर्मशालामा उक्त कार्यक्रम सम्पन्न गरिने जनाईएको छ ।

यसैगरी बागेश्वरी पार्क योग हलमा भदौं १० गते बेलुका ७ बजेदेखि योगेश्वर भगवान श्रीकृष्णको ५२४३औं जन्म दिवसको उपलक्ष्यमा हवन, प्रवचन, भजनको आयोजना गरिने नेपाल आर्य समाज शाखा नेपालगञ्जले जनाएको छ ।

प्रतिक्रिया