Listen LIVE

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

नेपालगञ्ज : भारतबाट ३५ जना नेपाली युवाहरुको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपाली युवाहरुको उद्धार गरेको जनाएको छ ।

आकर्षक तलबको लोभ देखाएर भारतको उत्तराखण्डस्थित काशीपुर लगेर बन्धक बनाइएका ३५ युवाहरुको नेपाली  दूतावासले उद्धार गरेको हो ।

दूतावासले विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ ।

उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया