नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित त्रिभुवन चोकमा रहेको जय विष्णो माँ रेडिमेड फेन्सी पसलमा गएराति आगलागी भएको छ ।
स्थानीय सुनिल कुमार गुप्ताको फेन्सी पसलमा विद्युत सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गएराति पौने ११ बजे आगलागी भएको खबर पाए लगत्तै नेपालगञ्ज उपमहानगरको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि सबै सामान जलेर नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण अझै खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
2024-06-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार