Listen LIVE

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कालीकोट : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँमा एक महिलाको हत्या भएको पुष्टि भएको छ । सोमवार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी २६ वर्षीया मनपुरा अधिकारी बुढाको हत्या उनकै श्रीमानले गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बरमा यादवका अनुसार २९ वर्षीय श्रीमान् काँशीराम बुढाले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरायसी विवादका कारण बञ्चरो प्रहार गरेको अभियुक्तले स्वीकार गरिसकेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोमबार बिहान महिला मृत अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक -डिएसपी) हिमबहादुर खत्रीले मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले सुरुदेखि नै हत्याको आशङ्का गरी श्रीमान्माथि अनुसन्धान केन्द्रित गरिएको बताए । आइतबार राति श्रीमानले बञ्चरो प्रहार गर्दा मनपुराको मृत्यु भएको पुष्टि भएपछि काँशीरामलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।

मृतकका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया