नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्दै सहायक सामाग्री वितरण गरेको हो ।
मोबाईल पुर्नस्थापना क्याम्पमार्फत पालिकाले सबै वडाहरुमा पुगेर व्यक्तिको आवश्यकता अनुसारको सामाग्री वितरणमा बिशेष ध्यान पु¥याएको छ । गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले वडा नं ३ देखि ९ सम्मका लक्षित व्यक्तिहरुलाई प्रदान गरेका हुन् । पालिकाले यसअघि वडा नं १ र २ नम्बर वडामा वितरण गरिसकेको छ ।
सहायक सामाग्री वितरण गर्दै उपाध्यक्ष थारुले अपाङ्गता भएका व्यक्तिहरुलाई जीवनयापनमा सहजता प्रदान गर्न आवश्यक स्थानीय सरकारको दायित्वका रुपमा सामान उपलब्ध गराइएको बताए । उनले पालिकाले सर्वसाधारणको जिविकालाई सहज बनाउन थोरै भएपनि यसले सहजता ल्याउने बिश्वास व्यक्त गरे ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दर्लामीका अनुसार पालिकाका ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण गरिएको छ । गत वर्ष सहायक सामाग्री पाउन छुटेका ५ जना र चाल आर्थिक वर्षमा ७५ जना गरी ८० जनालाई आवश्यक सामाग्री प्रदान गरिएको शाखा प्रमुख दर्लामीले जानकारी दिए ।
सामाग्री वितरणमा वडा नं–१ देखि ९ सम्मकै व्यक्तिहरुलाई समावेश गरिएको छ । सहायक सामाग्रीहरुमा छडी, बेल्ट, ह्वील चियर, स्ट्याडिङ्ग फ्रेम, नि–क्याप, कृतिम हात, एल.इफ वेल्ट जस्ता सामाग्री रहेका छन् । प्रत्येक वडाहरुमा वडाअध्यक्षको रोहवरमा वितरण गरिएको थियो । क्याम्पमा अपाङ्गता पुर्नस्थापना संजाल राप्ती सोनारी गाउँपालिकाको समेत समन्वयकारी भूमिका रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार