Listen LIVE

मृतकको दावी वीमा रकम हस्तान्तरण

नेपालगञ्ज : एशियन लाइफ इन्स्योरेन्सले बाँके राप्तीसोनारी गाउँपालिका ८ की केशरी कुमारी विष्टलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

केशरीका श्रीमान् लोकेन्द्र विष्टको मृत्यु दावी वापत १० लाख तीन हजार ५६५ रुपैयाँको चेक केशरीलाई हस्तान्तरण गरिएको एशियन लाइफ इन्स्योरेन्स शम्शेरगञ्ज शाखा प्रमुख प्रमिला घर्तिले जानकारी दिइन् ।

उनका अनुसार मृत्यु दावी रकम एशियन लाइफ इन्स्योरेन्स कोहलपुर शाखा प्रमुख पारशमणी खनाल र कर्णाली प्रदेश प्रमुख जयानन्द भट्टलगायतले केशरीलाई हस्तान्तरण गरेका हुन् । केशरीका श्रीमान् लोकेन्द्रको गएको जेठ ३१ गते ढकेरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । लोकेन्द्रले मृत्यु भएको २० दिन अघिमात्रै वीमा गराएका थिए ।

प्रतिक्रिया