काठमाण्डौ : सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको अभियोगमा थप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाण्डेलाई चार दिनको म्याद थप भएको छ ।
एक महिलाले दिएको उजुरीपछि पाण्डे बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए ।
म्याद थपका लागि जिल्ला अदालत लगेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धानको लागि ४ दिन म्याद थप गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
पाण्डे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।
2025-08-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार