नेपालगञ्ज : नेपालगञ्जमा आयोजना गरिएको सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधी सुरज रानामगरले जितेका छन् ।
३६ किलोमिटरको एमटीबी पुरुष खुल्ला साइकल दौड प्रतियोगितामा एपीएफमा आवद्ध राष्ट्रिय खेलाडी रानामगरले एपीएफकै अच्यूतकृष्ण खरेललाई पछि पार्दै ५० हजार राशीको उपाधी जितेका हुन् । द्वितिय भएका खरेलले २५ हजार पुरस्कार पाएका छन् । जंगु थारु तृतिय भएका छन् । उनले १५ हजार पुरस्कार पाए ।
२५ किलोमिटरको एमटीबी मास्टरमा हर्कबहादुर लामा प्रथम भएका छन् । बाँकेका देव बोहरा द्वितिय र दीपक मल्ल तृतिय भए । उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार पाएका छन् ।
१६ किलोमिटरको एमटीबी स्कूल लेभलमा डेल्सन बोहरा प्रथम, अनमोल गुप्ता द्वितिय र रन्जित चौहान तृतिय भएका छन् । २२ किलोमिटरको साधारण साइकल पुरुषमा विनोद यादव प्रथम, लिखनप्रसाद चौधरी द्वितिय र जगतराम यादव तृतिय भएका छन् । १६ किलोमिटरको साधारण साइकल महिलामा रुपा थारु प्रथम, समिता थारु द्वितिय र मिनाकुमारी थारु तृतिय भएका छन् । यी तिनै वटै विधाका प्रथमले १० हजार, द्वितियले ७ हजार र तृतियले ५ हजार पुरस्कार पाएका छन् ।
नेपालगञ्ज साइक्लिङ क्लवले आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य, नेपाली सेनाका प्रमुख सेनानी दीपक गुरुङ, राजनीतिकर्मी तेजविक्रम शाह, मिना डाँगी, क्लवका अध्यक्ष प्रदीप सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उदघाटन नेपालगञ्जका मेयर प्रशान्त विष्टले गरेका थिए ।
राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले यस्ता प्रतियोगिता गर्दै आएको अध्यक्ष सापकोटाले बताए । क्लवकै संयोजनमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा बाँकेबाट महिला र पुरुष गरी १२ जनाले प्रतिनिधित्व गरेका थिए ।
कर्णालीमा हुने दशौं राष्ट्रियमा बाँकेबाट धेरै भन्दा धेरै खेलाडीको प्रतिनिधित्व गराउन क्लव लागिपरेको वरिष्ठ उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार